धरानमा सडक तथा फुटपाथमा लोकल कुखुरा बिक्री वितरणमा रोक
▸ यस स्टोरीको अंश: टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र
धरान उपमहानगरपालिकाको सडक तथा फुटपाथमा राखेर लोकल कुखुरा बिक्री वितरण गर्न नपाइने भएको छ । धरान उपमहानगरपालिकाले धरान–९ स्थित पूर्णपथ क्षेत्रमा अव्यवस्थित रूपमा बिक्री वितरण भइरहेको लोकल कुखुरा सडकबाट उठाएको छ । उपमहानगरका बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाका अनुसार पटक पटक व्यवस्थापन गर्न ताकेता गर्दा पनि व्यवसायीले अटेर गरेपछि सडक पेटीमा राखिएका कुखुरा उठाएर उपमहानगर लगिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित