उच्च अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ९८ करोडको कारोबार
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा बन्द भएको हो । आज एक करोड ४५ लाख ४० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ७ कम्पनीको शेयरमूल्य स्थिर छ । आँखु खोला जलविद्यूत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›