राजविराज नगरपालिकाका कर्मचारीमाथि कुटपिट

यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा मोबाइल एपमार्फत उजुरी दिन सकिने व्यवस्था सुरु
gorkhapatraonline.com · 1 हप्ता अघि

राजविराज नगरपालिकाका सवइन्जिनियर मनोजकुमार यादवमाथि मंगलबार कार्यक्षेत्रमै कुटपिट तथा दुर्व्यवहार भएको घटनापछि नगरपालिकाको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकाका अनुसार वडा ८ मा सञ्चालन भइरहेको सडक निर्माण योजनाको निरीक्षण तथा अनुगमन गर्न गएको टोलीमाथि मंगलबार बिहान करिब १० बजे आक्रमण भएको हो । सो क्रममा राजविराज–५ स्थायी घर भई हाल वडा ८ मा बसोबास गर्दै आएका गुलाव यादवले कुनै पूर्वजानकारी वा विवाद बिना सवइन्जिनियर यादवमाथि गालीगलौज, कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू