‘बाबा, हजुरले ७६ चोटि हस् सर भन्नुभयो!’
▸ यस स्टोरीको अंश: एकल महिलाले गाई पालेर छोरालाई डाक्टर पढाउँदै
हामी हाम्रो काम, व्यवहार, स्वभाव, शैली, तरिकाप्रति खासै सचेत हुँदैनौ अनि कसैले टिप्पणी गरे उसैमाथि जाई लाग्छौँ। आजकल कोही कसैले कसैलाई विरोध, टिप्पणी, सुझाव, सल्लाह गर्दैनन्; सिवाय पत्रकार, पत्रकारको त कामै भयो। छोरीले याद गरिराखेकी रहिछन् कि मैले त्यो बेला फोनमा कुरा गर्ने क्रममा ७६ पटक हस् सर भने रेँ। हुन त बेलायती कवि वर्डस्वर्थले भनेझैँ बच्चाहरू मानिसका पिता हुन् अर्थात् चाइल्ड इज फादर अफ म्यान भनेका थिए। साँच्चै हो पनि जस्तो लाग्यो छोरीको कुरा सुनेर।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›