‘काठमाडौं फिल्म फेस्टिबल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डंगोल कान्स प्रस्थान गर्दै
▸ यस स्टोरीको अंश: कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स जान लागेकी हुन् । महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिबल’ को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले डंगोल फ्रान्स जान लागेकी हुन् । भ्रमणका बारेमा कार्यपालिका बैठकमा जानकारी दिँदै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेण्डा रहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›