सङ्खुवासभामा आगलागी हुँदा चार लाख बराबरको क्षति
▸ यस स्टोरीको अंश: सङ्खुवासभामा आगलागी: राजु तामाङको घर जलेर ४ लाखको क्षति
सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा स्थानीय राजु तामाङको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट करिब रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›