संविधान र गणतन्त्रको सुदृढीकरणबाट मात्रै समुन्नत नेपाल सम्भव : गगन थापा
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान र गणतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । थापाले नेपाली जनताको त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएको उल्लेख गर्दै त्यसपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संविधानसभा निर्वाचन सम्पन्न भएको स्मरण गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित