१९औँ गणतन्त्र दिवको शुभकामना दिँदै एमाले अध्यक्ष केपी ओलीले यसो भने
▸ यस स्टोरीको अंश: केपी ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिए
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १९औँ गणतन्त्र दिवस २०८३ को अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सुदृढीकरण सबै नेपालीको साझा जिम्मेवारी भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा जारी सन्देशमा अध्यक्ष ओलीले ठीक अठार वर्षअघि जननिर्वाचित संविधानसभामार्फत नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक क्षण स्मरण गर्दै सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागपछि जनताले आफ्नो शासन प्रणाली आफैं निर्धारण गर्ने अधिकार प्राप्त गरेको उल्लेख गरेका छन् । उनले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको संरक्षण नै गणतन्त्रको रक्षा भएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित