बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

यस स्टोरीको अंश: बागमती प्रदेशमा गणतन्त्र दिवस जेठ १३ देखि १५ सम्म मनाइने
newspolar.com · 21 घण्टा अघि

बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस २०८३’ मनाउने भएको छ। जेठ १३ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइने निर्णय भएको छ। यस अवसरमा विद्यालयस्तरीय निवन्ध प्रतियोगिता, सार्वजनिक रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, वृक्षरोपण कार्यक्रम र प्रदेशस्तरीय मूल समारोह आयोजना गरिनेछ। यस वर्षको गणतन्त्र दिवसको अवसरमा चार उत्कृष्ट पत्रकारलाई जनही रु ५० हजार नगदसहित पुरस्कृत गर्ने निर्णयसमेत भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू