कर्णाली करिडोर अनिश्चितकाल बन्द
▸ यस स्टोरीको अंश: हुम्ला–बाजुरा सीमा विवादले धुलाचौरमा यात्रु अलपत्र, यातायात अवरुद्ध
हुम्ला बाजुरा सिमा विवादका कारण कर्णाली करिडोर बन्द गरिएको छ । जेठ ५ गते च्याचौरमा भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाले कर्णाली करिडोर अन्त्रगतको पिलुचौर कवाडी सडकखण्ड पुनः बन्द गरेका छन् । सुदूरपश्चिम सरकारले लाम्पाटा च्याचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा परी घाइते भएका उपचार गराउनु पर्ने, उक्त घटनामा संलग्न दोसीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राख्दै हिमाली युवा समुहले जेठ ७ र ८ गते कर्णाली करिडोरको पिलुचौर देखी कुवाडी खोला सम्म सडकमा टायर बाली नाराबाजी सहित सडक पूर्ण रुपमा बन्द गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›