सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति
▸ यस स्टोरीको अंश: अधिकारकर्मी रूबी खानको २३ दिन लामो अनशन सरकारसँग पाँचबुँदे सहमतिपछि अन्त्य
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच पाँचबुँदे सहमति भएको छ। सहमति भएसँगै उनले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गरेकी छन्। सहमतिअनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›