बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट, घटनामा संलग्न आठ जना पक्राउ
▸ यस स्टोरीको अंश: बाँकेमा बाख्रा चराउन गएका महिलामाथि कुटपिट र सुन लुटपाट: आठ जना पक्राउ
बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जंगलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ। अज्ञात समूहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›