४५ मध्ये ६ सार्वजनिक संस्थान ठप्प, सरकारको स्वामित्वमा कुन–कुन ?

यस स्टोरीको अंश: सरकारको प्रतिवेदन: ४५ सार्वजनिक संस्थानमध्ये ६ पूर्ण निष्क्रिय, २७ नाफामा
arthadabali.com · 10 घण्टा अघि

सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म देशमा कूल ४५ सार्वजनिक संस्थानमध्ये छ वटा कानुनी रूपमा कायम रहेर पूर्णरूपमा निष्क्रिय रहेका प्रतिवेदनमा उल्लेख छ। जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र र नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेड गरी ६ संस्थान कानुनी रूपमा अस्तित्वमा भए पनि कुनै व्यावसायिक गतिविधि सञ्चालनमा छैनन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू