सांसद पन्तको प्रश्न- निर्माण व्यवसायीको समस्यामा सरकार कहिले गम्भीर हुन्छ ?

यस स्टोरीको अंश: राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूको सुझाव
globenepal.com · 1 हप्ता अघि

सांसद कमला पन्तले निर्माण व्यवसायीहरूको समस्या, पुरानो भुक्तानी र जनता आवास कार्यक्रमबारे चासो देखाएकी छन्। उनले धेरै निर्माण कम्पनीहरूले अघिल्ला वर्षहरूमा गरेको कामको भुक्तानी अझै नपाएको गुनासो व्यापक रूपमा आइरहेको भन्दै भुक्तानी कहिलेसम्म दिइन्छ र यसका लागि कति बजेट छुट्याइएको छ भनी प्रश्न गरिन्। उनले जनता आवास कार्यक्रम अहिले बस्ती विकास नाममा सञ्चालन भइरहेको उल्लेख गर्दै बजेट छुट्याइँदा समयमै जानकारी नपाउँदा लक्षित लाभग्राही पहिचानमा कठिनाइ भएको बताइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू