भूमिहीन नागरिकको समस्या आगामी आर्थिक वर्षभित्रै समाधान गरिने
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
सरकारले लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहीन नागरिकको व्यवस्थापन कार्यलाई आगामी आर्थिक वर्ष २०८३/८४ भित्रै सम्पन्न गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई दिगो रूपमा हल गर्ने प्रतिबद्धता जनाएका हुन् । वर्षौँदेखि थाती रहेको जग्गा वितरण र लालपुर्जा प्राप्तिसम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाउँदै आगामी एक वर्षभित्रै उनीहरूलाई व्यवस्थित गरिने बजेटमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित