आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताएका छन् । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताएका हुन् । अर्थमन्त्री वाग्लेले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई असाधारण जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप रूपान्तरण गर्ने दिशामा सरकार अघि बढेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित