राष्ट्रियसभा : सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग
▸ यस स्टोरीको अंश: राष्ट्रियसभा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि ठोस कार्ययोजना माग गरे
राष्ट्रियसभाको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरूले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्बासीको बालबच्चा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकका लागि प्रभावकारी मनोपरामर्श सेवा, शुद्ध खानपानको प्रबन्ध र मानवअधिकार तथा मौलिक अधिकारको संरक्षण गर्न माग गरेका छन् । यसका साथै, सहकारीपीडितलाई न्याय दिलाउन र हुम्लाको चङ्खेलीमा बाढीपहिरोले प्रभावित भएका स्थानीयवासीलाई राहत उपलब्ध गराउन पनि माग गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›