आयोजना बैङ्कको पूर्णरुपमा कार्यान्वयन गरिन्छ : मन्त्री तामाङ

यस स्टोरीको अंश: बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले गरिबलाई गरिखाने वातावरण बनाउने नीति ल्याउने बताए
gorkhapatraonline.com · 2 दिन अघि

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट निर्माणका क्रममा आयोजना बैङ्कको पूर्ण रुपमा कार्यान्वयन गरिने बताउनुभएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टुक्रा र पहुँचका आधारमा बजेट बनाउने प्रणालीमा सुधार गरी योजनालाई प्रभावकारी बनाउन आयोजना बैङ्कको पूर्ण कार्यान्वय गर्ने भन्दै सङ्घीय शासन प्रणालीको अभ्याससँगै प्रदेश सरकारले हासिल गरेका उपलब्धिहरुलाई संस्थागत र विकासलाई अझ तीव्र गति, गुणस्तरीय र परिणाममुखी र प्रविधिमा आधारित बनाउनु आवश्यक रहेको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू