‘गरिबले गरिखाने प्रदेश : बागमती प्रदेश’ को अवधारणा लागु गरिने
▸ यस स्टोरीको अंश: बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्यो
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘गरिबले गरिखाने प्रदेश : बागमती प्रदेश’ निर्माण गर्ने अवधारणा लागु गर्ने लक्ष्यसहित बजेट निर्माण गर्ने भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गरिबी निवारणलाई सामाजिक न्याय र समृद्धिको आधारका रूपमा अघि बढाइने बताउनुभयो । आगामी आवमा सुशासन, सेवा प्रवाहमा सुधार, उत्पादन र उत्पादकत्व अभिवृद्धि, नवप्रवर्तन, रोजगारी सिर्जना, सामाजिक न्याय, दिगो पूर्वाधार निर्माण, मानव विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी कार्यव्रmम सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›