बडिगाडमा हावाहुरीले दुई दर्जनभन्दा बढी घरमा क्षति
▸ यस स्टोरीको अंश: बागलुङको बडिगाड गाउँपालिकामा हावाहुरीले दुई दर्जनभन्दा बढी घरमा क्षति, बाली नष्ट
बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा गएराति आएको भीषण हावाहुरी र असिनापानीसहितको वर्षाले दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ । तीव्र हावाहुरीले घरका छाना उडाउने, भित्तामा चिरा पार्ने तथा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या निम्त्याएको हो । रातिको समयमा आएको विपत्तिले स्थानीय बासिन्दा त्रसित बनेका थिए । हावाहुरी र असिनापानीले घर तथा भौतिक संरचनासँगै किसानले लगाएको मकैबालीसमेत पूर्ण रूपमा नष्ट भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित