‘पशु वधशाला तथा मासु जाँच ऐन’ संशोधन प्रक्रिया अघि बढ्यो, सर्वसाधारणबाट सुझाव आह्वान
▸ यस स्टोरीको अंश: पशु वधशाला र मासु जाँच ऐन संशोधन: नियम मिच्नेलाई १ लाखसम्म जरिवानाको प्रस्ताव
सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ लाई समसामयिक आवश्यकताअनुसार परिमार्जन गर्ने तयारी अघि बढाएको छ । यसका लागि विधेयकको मस्यौदा तयार गरी सार्वजनिक छलफलका लागि खुला गरिएको छ । मस्यौदामा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार क्षेत्र स्पष्ट पार्ने, गुणस्तरीय वस्तु तथा सेवा उपभोगको हक कार्यान्वयन गर्ने, र पशु वधशाला, मासु बिक्री केन्द्र तथा मासु पसलहरूको स्थापना र सञ्चालनमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने नीति समेटिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›