विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न सांसदहरूकाे आग्रह
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले जनजीवनका समस्याबारे सरकारको ध्यानाकर्षण गराए
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार, बाढी, पहिरो, विपद् व्यवस्थापन, गुणस्तरीय सडक पूर्वाधार, खानेपानीलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराए । सांसद जगतप्रसाद जोशीले कैलाली जिल्लाको क्षेत्र नं ३ स्थित मुक्त कमैयालाई वन कार्यालयका कर्मचारीले अनावश्यक रुपमा दुःख दिएको घटनाको निन्दा गर्दै पीडितलाई न्याय दिन अनुरोध गरे । सांसद जगदीश खरेल (ललितपुर)ले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने महालक्ष्मी नगरपालिकामा खानेपानीको चरम सङ्कट रहेको जानकारी दिँदै खानेपानी समस्याबाट प्रताडित जनताको माग सम्बोधन गर्नेगरी बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›