गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरण आवश्यक : गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्र देशलाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् । शुक्रबार (जेठ १५) गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका निम्ति सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता रहेको औँल्याएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित