‘गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो’ : अध्यक्ष दाहाल

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै: नेताहरूले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताए
prasashan.com · 1 दिन अघि

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुरूप समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता भएको बताएका छन् । गणतन्त्र केवल शासन प्रणालीको परिवर्तनमात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको पनि उनले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू