लुम्बिनी प्रदेशसभा बैठक आज पनि, यस्ता छन् सम्भावित कार्यसूची

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
shilapatra.com · 3 दिन अघि

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू