दुईदिने बिदा लागू गर्न विद्यालयलाई निर्देशन, हिउँदे-वर्षे बिदा घटाएर ३० दिन कायम गरिने
▸ यस स्टोरीको अंश: शिक्षामा निजी क्षेत्रको ७ खर्ब लगानी, लगानी सुरक्षाको माग
नेपाल सरकारले शैक्षिक सत्र २०८३ देखि विद्यालयमा हप्तामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) लागू गर्ने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। यसका लागि दैनिक पठनपाठनको समय व्यवस्थापन गरिनेछ र हाल कायम ४५ दिनको हिउँदे तथा वर्षे बिदा अवधि घटाएर ३० दिनमा सीमित गरिनेछ। प्रत्येक शुक्रबार विद्यार्थीलाई समुदाय, परिवार, सन्दर्भ सामग्री तथा सूचना प्रविधिसँग सम्बन्धित बहुविषयक परियोजना तथा प्रयोगात्मक कार्य दिनुपर्ने व्यवस्था पनि गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›