सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियोः महामन्त्री पौडेल
▸ यस स्टोरीको अंश: कांग्रेस महामन्त्री पौडेलद्वारा सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्यको व्यवहारको आलोचना
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गर्नुभएको छ । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उहाँले राज्यको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ। बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलतालाई पूर्णतः बेवास्ता गरिएको उहाँको आरोप छ । वैकल्पिक व्यवस्था र मनोवैज्ञानिक परामर्शविना गरिएको यस्तो कार्यले विस्थापित परिवारहरूमा ठुलो मानसिक आघात परेको बताउनुभएकाे छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित