बेँसीसहर, सुन्दरबजार र राईनासले गरे अतिक्रमण हटाउन ताकेता
▸ यस स्टोरीको अंश: ओभरलोडिङ नियन्त्रण गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक संरचना जोखिममा
लम्जुङका स्थानीय तहले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ताकेता गर्न थालेका छन् । बेँसीसहर, सुन्दरबजार र राईनास नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै अवैध संरचना नहटाए स्थानीय तह आफैँले हटाउने चेतावनी दिएका छन् । बेँसीसहर नगरपालिकाले बाटो, कुलो, पोखरी, मसानघाट, गौचरनलगायत सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका घर, टहरा वा अन्य संरचना ३५ दिनभित्र आफैँ हटाउन निर्देशन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›