क्यान्सर उपचारका अत्यावश्यक औषधिको अभाव, समन्वयका लागि विशेष इकाई गठन
▸ यस स्टोरीको अंश: क्यान्सरका अत्यावश्यक औषधिको अभाव: मूल्य समायोजन प्रणाली लागू गर्न माग
क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव देखिएपछि नेपाल औषधी आयातकर्ता संघ (मियान) ले समुचित वितरण तथा अनुगमनका लागि विशेष इकाई गठन गरेको छ। संघका अध्यक्ष पवन आचार्यको नेतृत्वमा गठन गरिएको उक्त इकाईले औषधी व्यवस्था विभागसँग समन्वय गरेर अस्पतालमा उपचाररत बिरामीसम्म आवश्यक औषधी पहुँच गराउने जनाएको छ। संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधी ‘सिस्पाटिन’ र ‘कार्वोप्लाटिन’सँगै नर्मल स्लाइन तथा डीएनएसजस्ता अत्यावश्यक औषधिको अभाव रहेको उल्लेख गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›