सगरमाथा म्याराथनमा आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार
सगरमाथा म्याराथनमा सहभागी हुन सोलुखुम्बु आएका एक अमेरिकी नागरिकलाई लेक लागेपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङस्थित आमादब्लम होटलमा बसिरहेका अन्दाजी ४० वर्षीय अलेक्जेन्डर राइटलाई उच्च हिमाली क्षेत्रमा हुने ‘लेक’ (Altitude Sickness) को समस्या देखिएपछि प्रहरी चौकी खुम्जुङबाट खटिएको टोलीले उद्धार गरेको हो । नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उनलाई खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुन्दे अस्पतालमा उपचारका लागि लगिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित