अमिर र रेणु पराजित
▸ यस स्टोरीको अंश: पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक
आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा नेपालका अमिर भ्लोन र रेणु तामाङ पराजित भएका छन् । पुरुष ६३ केजीमुनि अमिर चीनका नि झेयीसँग र महिला ४७ केजीमुनि रेणु उज्वेकिस्तानकी मुसिनोभा मदिनासँग पराजित भइन् । स्वर्ण र रजत विजेता मात्र एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने प्रावधान रहेकाले दुवै खेलाडी छनोट हुन सकेनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›