न्यायालयको निकासका लागि समयमै निर्णय लिनु आवश्यकः सभापति श्रेष्ठ
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै, उजुरीमाथि छलफल
संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पु¥याउन ढिलाइ गर्न नहुने बताएका छन् । न्यायालयमा व्याप्त अन्योल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा जोड दिँदै उनले यसलाई हतारोका रूपमा बुझ्न नहुने उल्लेख गरे । सुनुवाइको नतिजाका सम्बन्धमा चर्चा गर्दै सभापति श्रेष्ठले समितिले योग्यता र क्षमताका आधारमा सिफारिस गर्ने वा अस्वीकृत गर्ने दुवै विकल्प खुला रहेको प्रस्ट पारे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित