खानीको २३ करोड ७७ लाख ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले २३ करोड ७७ लाख खानी रोयल्टी तत्काल उठाउन निर्देशन दियो
खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›