हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न सङ्घलाई आग्रह

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले पर्वतारोहण सङ्घलाई रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न आग्रह गर्‍यो
gorkhapatraonline.com · 2 हप्ता अघि

महालेखापरीक्षकको कार्यालयले नेपाल पर्वतारोहण सङ्घलाई पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन आग्रह गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी सङ्घीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । सङ्घले रु १२ करोड २० लाख २६ हजार रोयल्टी प्राप्त गरेकोमा रु नौ करोड ६३ लाख २६ हजार बुझाउन बाँकी छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू