आज कति लाखमा कारोबार भइरहेको छ सुन?
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार आठ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित