आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ
▸ यस स्टोरीको अंश: नेपालगन्जमा पाँच किलो अफिमसहित एकजना पक्राउ, सीमा सुरक्षा अभियानमा सफलता
पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको सुन र २० हजार अमेरिकी डलरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ ५:१० बजेतिर भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त सुनसहित २० हजार अमेरिकी डलर (नेपाली ३० लाख ६५ हजार) र ८५ हजार ४१९ भारतीय रुपैयाँ (नेपाली एक लाख ३६ हजार ६५७) समेत बरामद गरिएको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›