नेपाल प्रहरीको ३ वर्षे मास्टरप्लान: अब केवल डण्डा होइन, डेटा र एआईमा चल्ने
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीको ३ वर्षे मास्टरप्लान: अब डण्डा होइन, डेटा र एआईमा चल्ने
नेपाल प्रहरी अब केवल डण्डा र पोशाकमा सीमित रहने छैन । प्रहरी संगठन प्रविधिमैत्री, डिजिटल र नागरिक केन्द्रित प्रणालीतर्फ अघि बढ्ने संकेत देखिएको छ । आगामी तीन वर्षका लागि सार्वजनिक गरिएको नयाँ रणनीतिक योजनाले नेपाल प्रहरीलाई आधुनिक र ‘स्मार्ट’ संस्थाका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको हो । ‘चुस्त प्रहरी सेवा, सुरक्षित समुदाय’ भन्ने मूल नारासहित ल्याइएको रणनीतिक योजनाले प्रहरी सेवा केवल अपराध भएपछि परिचालन हुने संरचनाबाट अपराध हुनुअघि नै जोखिम पहिचान गर्ने प्रणालीतर्फ रूपान्तरण गर्ने उद्देश्य लिएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›