प्रहरी महानिरीक्षक कार्कीको सक्रियता: कल्याण कोषदेखि डिजिटल प्रहरी प्रणालीसम्म व्यापक सुधार
▸ यस स्टोरीको अंश: बालेन शाह प्रधानमन्त्री बन्ने र सुशासन कायम गर्ने दाबीसहितको विश्लेषण
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि संगठनभित्र संरचनागत सुधार, प्रविधि विस्तार, प्रहरी कल्याण तथा समुदाय–केन्द्रित सुरक्षा कार्यक्रमलाई तीव्रता दिइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीको पदबहालीपछि संगठनको क्षमता अभिवृद्धि, आन्तरिक व्यवस्थापन सुधार, डिजिटल प्रणाली विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि बढाइएको हो । प्रहरी कल्याण र कर्मचारी हितमा जोड नेपाल प्रहरीले प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई आकस्मिक समस्या समाधानका लागि पाँच प्रतिशत ब्याजदरमा दुई लाख रुपैयाँसम्म आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था लागू गरेको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित