पोखरा र भैरहवा नचलेका कारण निजगढ विमानस्थलमा हात हाल्न सतर्क हुनुपर्ने अवस्था छ– अर्थमन्त्री
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार तयार, भुक्तानी र मूल्य समायोजनमा राहत दिने प्रतिबद्धता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिएर बनाइएका पोखरा र गौतमबुद्ध विमानस्थल चल्न नसकेका कारण निजगढ विमानस्थल सम्बन्धमा सतर्क हुनुपर्ने बताएका छन् । निजगढलाई कुन मोडालिटीमा लैजाने भन्ने तय नभई हात हाल्ने अवस्था नरहेको उनको भनाइ थियो । ऋण लिएर बनाइएका विमानस्थल सञ्चालनमा आउन नसकेका कारण निजगढमा विमानस्थल बनाउन अलिकति सतर्क हुने अवस्था आएको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›