खुलामञ्चमा धूमधामका साथ मनाइयो बकर इद
▸ यस स्टोरीको अंश: खुलामञ्चमा बकर इद पर्व मनाइयो, शान्ति र समृद्धिको कामना
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद राजधानीमा धार्मिक श्रद्धा, सामाजिक सद्भाव र उत्साहका साथ मनाइएको छ । काठमाडौँको खुलामञ्चमा बिहीबार बिहान आयोजित विशेष नमाज कार्यक्रममा सयौँ मुस्लिम धर्मावलम्बी सहभागी भएका थिए । सहभागीहरूले सामूहिक नमाज अदा गर्दै देशमा शान्ति, सहिष्णुता र आपसी एकताको कामना गरेका थिए । डा. अबुल हुसैन अन्सारीका अनुसार बकर इद मुस्लिम समुदायका लागि केवल धार्मिक पर्व मात्र नभई त्याग, अनुशासन, मानव सेवा र सामाजिक उत्तरदायित्वको सन्देश दिने विशेष अवसर हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित