मुस्लिम समुदायले आज बकर इद मनाउँदै
▸ यस स्टोरीको अंश: मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) पर्व मनाउँदै
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने यस पर्वका अवसरमा देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि नमाज अदा गर्ने श्रद्धालुको भीड लागेको छ । मुस्लिम समुदायले बिहान स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज पढ्ने परम्परा रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित