आज बकर इद पर्व मनाइँदै
▸ यस स्टोरीको अंश: मुस्लिम समुदायद्वारा बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकरइद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा मुस्लिम समुदायले बिहानै स्नान गरी सामूहिक नमाज अदा गर्ने र शुभकामना आदानप्रदान गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार हजरत इब्राहिमले आफ्ना छोरा इस्माइललाई बलिदान दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने गरिन्छ र यस दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित