गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको छ: राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
hamrakura.com · 1 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताएका छन्। उनले नेपालको संविधानले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यताहरूलाई आत्मसात् गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको जग बसालेको उल्लेख गरे। राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतालाई संविधानको महान् उपलब्धिको रूपमा व्याख्या गर्दै वर्तमान व्यवस्थाले सिंहदरबारको अधिकारलाई गाउँगाउँसम्म पुर्‍याएको दाबी गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू