सुनचाँदीको मूल्य घट्यो

baahrakhari.com · 2 दिन अघि

नेपाली बजारमा मंगलबार (जेठ १२) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम छ । चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू