प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन
▸ यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको योग्यता, अवधारणा र भावी कार्ययोजनामाथि गहन छलफल र सुनुवाइ गर्दै उनको नाम स्वीकृत गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›