संसद् सचिवालयले बजेट प्रस्तुतिको तयारी पूरा गर्यो, बहुउद्देश्यीय हलमा बैठक बस्ने
सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्नका लागि संयुक्त बैठकको तयारी पूरा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट भाषण गर्नेछन्। नयाँ संसद् भवनको प्रतिनिधिसभा कक्षमा फिनिसिङ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बैठक बस्ने भएको छ।