मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: गुल्मीमा मोटरसाइकल दुर्घटनामा चालकसहित दुईको मृत्यु
गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको रुद्रवेणीबाट चेहेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल सत्यवती गाउँपालिका–१ अस्लेवामा दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक कालीगण्डकी गाउँपालिका–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापा र मोटरसाइकलमा सवार ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित