दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते
▸ यस स्टोरीको अंश: नवलपरासीमा मोटरसाइकल दुर्घटनामा सेनाका जवानको मृत्यु, तीन घाइते
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तपूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›