वैदेशिक रोजगारसँग सम्बन्धित अव्यवहारिक ऐन संशोधन गर्न आग्रह
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन, निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन
नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगार सम्बद्ध पुराना र अव्यवहारिक ऐन संशोधन गर्न आग्रह गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हरिबहादुर पाण्डेले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमा जोड दिँदै यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफूहरू सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले सरकारले तोकेका रु १० हजारको सेवा शुल्क निकै कम भएको बताउँदै यसलाई बढाउन आग्रह गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›