हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला हिमाल आरोहीलाई एक तह बढुवा गरिने
newspolar.com · 1 हप्ता अघि

काठमाडौँ। विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उहाँहरूलाई सम्मान गर्नुभएको हो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिनुहुँदै हिमालको चुचुरोमा राष्ट्र तथा सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू